एनआईसी एशिया बैंकले प्रदेश १ का श्रमिकलाई दियो ५ लाख बराबरको खाद्यान्न सामग्री

  २०७६ चैत २१ गते १०:४३     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले प्रदेश १ का दैनिक ज्याला मजदुरी गर्ने श्रमिकलाई ५ लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश १ मा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई प्रदेश १ सरकारसँगको सहकार्यमा उक्त रकम बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको हो ।

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरु समेत बन्द रहेको अवस्थामा दैनिक ज्याला मजदुरी गर्नेहरुलाई केही राहत दिने उद्देश्यले उक्त सहयोग गरेको हो ।

बैंकले चैत २० गते बिराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमा एक कार्यक्रमकाबीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् ।

प्रदेश १ सरकारसँगको सहकार्यमा वितरण गरेको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई केहि भएपनि राहत मिल्ने विश्वास बैंकले लिएको छ ।

बैंकले यसअघि काठमाडौंमा ज्याला मजदुरी गर्नेहरुका लागि समेत नेपाल प्रहरीसँगको सहकार्यमा पाँच लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री वितरण गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.