प्रभु बैंकले कोरोना नियन्त्रण कोषमा दियो १ करोड रुपैयाँ

  २०७६ चैत २० गते १९:३०     विकासन्युज

काठमाडौं । प्रभु बैंकले कोरोना नियन्त्रण कोषमा १ करोड १ लाख रुपैयाँ दिएको छ । बैंकले सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।

चैत २० गतेका दिन प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रधानमन्त्री कार्यालयका सचिव राम नारायण बिडारीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.