ओयो होटलले लकडाउनमा फसेका पर्यटकहरु तथा नेपालीलाई सित्तैमा बस्न दिने

  २०७६ चैत १९ गते १९:३०     विकासन्युज

काठमाडौं । ओयो होटेल एण्ड होम्सले नेपालको लकडाउनमा फसेर आफ्ना घर फर्किन नपाएका पर्यटकहरु तथा नेपालीलाई निशुल्क आवासको व्यवस्था गर्ने भएको छ । हाल जारी भइरहेको लकडाउनको घडिमा ओयोले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान रोकिएर प्रभावित परेकाहरुलाई आवास दिने घोषणा गरेको हो ।

यससँगै होटलले आज अर्थात अप्रिल १ तारिखदेखि देशभर लकडाउनमा फसेका पर्यटक र नेपालीहरुलाई निशुल्क आवासको सुविधा प्रदान गर्ने भएको छ । लकडाउनमा सरकारलाई सहयोग पुर्याउने उद्देश्यका साथ ओयोले यो पहल विशेष रुपमा र केवल नेपालका लागि मात्र शुरु गरेको हो ।

सरकारले नोबल कोरोना भाइसको महामारी फैलावट कम गर्नका लागि लिएको महत्वपूर्ण कदम स्वरुप देश अहिले एक हप्तादेखि लकडाउनमा छ ।

होटेल मालिक र कर्मचारीहरुका लागि पूर्ण सुरक्षा सुनिश्चित गर्न, पर्यटकहरुलाई चेक इन गर्नु अगावै कोरोना भाइरसका लक्षणहरु जाँचेर कोरोना नलागेको पुष्टि गरिनेछ होटलले जनाएको छ ।

सम्पूर्ण ओयो होटेल मालिकहरुलाई यो भाइसर फैलिनबाट रोकथाम गर्नका लागि स्वास्थ्य र सुरक्षित उपायहरु अनुसरण गर्न आदेश दिइएको छ । ओयो होटेल मालिकहरु, कर्मचारी र अतिथिहरुको स्वास्थ्य र सुरक्षा प्रमुख प्राथमिकतामा रहने भएकाले ओयोले निरन्तर स्थीति अनुगमन गरिरहेको छ ।

ओयो होटेल नेपालका लागि कन्ट्री हेड विक्की योल्मोले भने, “कोभिड १९ महामारीले विश्वभर नै प्रतिकूल प्रभाव पार्यो र यो चुनौतिपूर्ण समयमा पनि हामी संचालनमा रहेका छौं । एक जिम्मेवार कर्पोरेटको रुपमा हामी वास्तवमा जरुरतको घडिमा एकसाथ उभिनुको महत्व बुझ्छौं । हामी नेपालमा लकडाउनमा फसेकाहरुका लागि हाम्रो होटेलका ढोका खोल्ने कोशिस गर्दछौं । यस कठिन समयमा नेपालमा रहेका पर्यटकहरु, सरकार र हाम्रा सरोकारवालाहरुलाई हामीले हाम्रो हदसम्म सके जति सबै गर्नेछाैं ।”

साथै, ओयोले आवासको आवश्यकतामा रहेका सम्पूर्णहरुलाई थप जानकारीका लागि ग्राहक सेवा ०१४२१७४७ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.