ओम्नी ग्रुपसँग भएको विवादस्पद ठेक्का सम्झौता रद्द

  २०७६ चैत १९ गते १६:३७     विकासन्युज

 काठमाडाैं ।  सरकारले स्वास्थ्य सामग्री आपूर्तिका ओम्नी गु्रुपसँग गरेको ठेक्का सम्झौता रद्द गरेको छ । आज मन्त्रालयमा भएको ब्रिफिङमा   साे ठेक्का रद्द भएकाे बताइएकाे हाे । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नीसँगकाे ठेक्का रद्द भएकाे पुष्टि गरे ।

विश्वभर फैलिरहेकाे काेराेना भाइरस ( काेभिड १९)काे महामारी राेक्न स्वास्थ्य सामाग्री आपूर्ति गर्नका लागि ओम्नी समूहसँग एक अर्ब २४ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । साथै, ओम्नी गु्रुपकाे ५ कराेड रुपैयाँ धराैटी पनि जफत गरेकाे छ ।

उनका अनुसार ओम्नी समूहले पहिलो खेपमा ल्याउने भनेअनुसार सामान ल्याउन सकेन भने भोलि दोस्रो खेप पनि ल्याउन नसक्ने भयो । यो समूहले कहिले ल्याउँछु पनि नभनेकाले रद्द गर्नु परेको श्रेष्ठले बताए ।

‘सो कम्पनीको धरौटी जफत गरी कालोसूचिमा राख्ने प्रक्रिया अधि बढिसक्यो, उसले निर्धारित समयमा भनेबमोजिम सामान ल्याउन सकेन’ ओम्नीले १० प्रतिशत मात्रै सामना ल्याएको थियो, अब जसले पाँच दिनभित्र ल्याउनसक्छ उसैलाई दिइन्छ ’ उनले भने ।

चीन सरकारले १९ वटा कम्पनीलाई मात्रै अनुमति दिएको छ । उनले नेपाललाई चाहिने स्वास्थ्य सामग्रीको सूचीसहितको सूचना भोलि जारी गर्ने र तीन दिनभित्रमा जोसुकैले पनि निवेदन दिन सक्ने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.