कर्मचारी सञ्चय कोषको अध्यक्षमा रामशरण पुडासैनी

  २०७६ चैत १९ गते १६:०७     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चय कोषको अध्यक्ष पदमा रामशरण पुडासैनी नियुक्त भएका छन् । अर्थमन्त्रालयका राजश्व सचिव रहेका पुडासैनीले अर्थमन्त्री डा. युवराज खतिवडाबाट कोषको अध्यक्ष पद शपद गरेको कोषका प्रवक्ता ओमकृष्ण श्रेष्ठले बताएका छन् ।

यसअघि कोषको सो पदमा शिशिरकुमार ढुंगाना रहेका थिए । हाल अर्थसचिवको पदमा सरुवा भएसँगै अर्थमन्त्री डा. खतिवडाले पुडासैनीलाई गत चैत ९ गतेको बैंठकमा अध्यक्षको रुपमा नियुक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.