लकडाउनले अलपत्र परेकाहरुलाई निशूल्क खाना

  २०७६ चैत १८ गते १६:०५     विकासन्युज

काठमाडौं । लकडाउनमा अलपत्र परेकाहरुलाई अन्नपूर्ण भोजनालायले निशूल्कमा खान खुवाउन सुरु गरेको छ । मकवानपुरको चौकिटोलमा रहेको अन्नपूर्ण भोजनालयले निशुल्क खाना खुवाउ सुरु गरेको हो ।

विश्वभरि फैलिरहेको कोरोना भाइरसको संक्रमण भेटिएलगतै सरकारले देशलाई लकडाउन गरेपछि अलपत्र परेर समस्यामा परेका यात्रुहरुको लागि व्यवस्था गरिएको होटलकि संचालक लक्ष्मी श्रेष्ठले जानकारी दिइन् ।

‘कमाइ मात्रै ठुलो हैन, विपदको घडीमा सहयोगको भावानाले अलपत्रमा परेका यात्रुहरुको बिजोग हेर्न नसकेर निशूल्क खाना सुरु गरेको हु,’ श्रेष्ठले भनिन् ।
आफ्नो होटलमा कार्यरत र आफुहरु बसेर खाइरहदा बाहिर यात्रुहरुअलपत्र परेर भोकै भएको देखेर आफुले निशूल्क खाना खुवाउन सुरु गरेको श्रेष्ठले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.