सरकारले ल्याएको राहत प्याकेज प्रभावकारी बनाउन ग्रील तथा स्टील ब्यवसायी महासंघकाे समर्थन

  २०७६ चैत १७ गते १७:४४     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएसँगै सरकारले घोषणा गरेको राहत प्याकेज प्रभावकारी बनाउन नेपाल ग्रील तथा स्टील ब्यवसायी महासघ साथ रहेकाे जानकारी दिएकाे छ ।

विश्वमा तिब्र रुपले फैलिरहेको कोरोना भाइरस महामारीबाट बच्न सरकारले लकडाउन घोषणा गरेकोमा आम नेपाली जनतालाई नियम पालना गर्न महासंघका अध्यक्ष मोहन कटुवालले आग्रह गरेका छन् । ‘पुन सरकारले चैत्र २५ गते सम्म लकडाउनको समायावधी बढाउदा निश्चय पनि देशमा लघु घरेलु तथा साना उध्योग नराम्रो सग प्रभाबित भएको भन्दै उद्योग ब्यवसायमा काम गर्ने श्रमिकहरु अझ बढी प्रभावित भएका छ’ उनले भने ।

दैनिक जसो कमाएर घरपरिवार चलाउने श्रमिकहरुलाई अहिले कोरोनाले भन्दा पनी भोक भोकै मरिन्छ कि भन्ने चिन्ताले पिरोल्न थालेको छ। लकडाउन गर्नु सरकार र हामी सबैको बाध्यता तथा कोरोना भाइरस बाट बच्ने मुख्य उपाय भएको महासंघले जनाएको छ ।

यस्तो विषम अवस्थामा हामी जस्ता विभिन्न पेशा ब्यवसाय संगठनको नेतृत्वदायी भुमिकामा रहेकाहरुले आफ्नो पेसा ब्यवसाय सगठनमा रहेका ब्यवसायी, श्रमिक र आश्रित परिवारको हितलाइ ध्यानमा राखेर बर्तमान परिस्थितिको सामना गर्न उत्प्रेरित गर्नु पर्ने जिम्मेवारी आइपरेको छ ।

महासंघ नेपालको तर्फबाट यस क्षेत्रमा कार्यरत श्रमिकहरुलाई लकडाउन अवधिमा भोकै बस्न नदिन र संकटमा परेका श्रमिकहरुको यकिन पहिचान गरि उनिहरुलाइ न्युनतन राहत सामाग्रीहरु उपलब्ध गराउने कार्यमा लाग्न महासंघ मातहतका जिल्ला सघ, क्षेत्रीय समिती, इकाइ समिती र ग्रील तथा स्टील उद्योग ब्यवसायीहरु आग्रह गर्दै आएका छन् ।

साथै नेपाल सरकारले घोषणा गरेको राहत सामाग्रीहरु लक्षित बर्गले सहज किसिमले पाउन आफ्नो क्षेत्रमा रहेका राहतको आवस्यकता परेका श्रमिकहरुको तथ्यांक तयार गरि स्थानिय सरकारलाइ सहयोग गर्न र आफ्नो उद्योगलाइ चैत्र २६ गते सम्म बन्द राखेर लकडाउनको पुर्ण पालना गर्न समेत आग्रह गरेको छ ।

सरकारले चैत्र १६ गते कोरोना भाइरसबाट प्रभाबित उद्योगी, व्यापारी ब्यवसायी र आम नेपाली जनताको हितलाइ ध्यानमा राखी ल्याएको राहतको कार्यक्रम  बैंकको ब्याज तथा किस्ता असार मसान्त सम्म तिर्न ,घरभाडा छुट, वैद्युतमा २५ प्रतिशत छुट असंगठित क्षेत्रका श्रमिकलाइ राहत लगायतका प्याकेजको स्वागत गर्दै आगामी परिस्थितिलाइ हेरेर पुन राहतका कार्यक्रम घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउने जनाएको छ ।

विश्व नै संकटमा परेको अवस्थामा सबैले आ आफ्नो क्षेत्रबाट एकजुट भयेर आत्माबल बढाएर आपसी मतभेद लाई त्यागेर कोरोना भाइरसको प्रकोपबाट बच्न सक्दो सहयोग गर्न ग्रील तथा स्टील ब्यवसायी महासंघ अध्यक्ष कटुवालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.