सामाजिक सुरक्षा कोषमा गएका योगदानकर्ताको चैतको रकम सरकारले तिर्ने

  २०७६ चैत १६ गते २१:१७     विकासन्युज

काठमाडौं । सामाजिक सुरक्षा कोषमा गएका श्रमिकको चैतको रकम सरकारले तिर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्काे बैठकले श्रमिककाे चैतको रकम तिर्ने निर्णय गरेको हो ।

अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री  डा. युवराज खतिवडाले अहिले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएका हुन् । सामाजिक सुरक्षा काेषमा सहभागी भएका श्रमिकहरूले चैतकाे रकम काेषमा जम्मा गर्नु नपर्ने उनले बताए । काेषमा राेजगारदाताले जम्मा गर्नु पर्ने रकम पनि सरकारले जम्मा गरिदिने अर्थमन्त्रीले जानकारी दिएका छन् ।

लकडाउनका कारण रोजगारदाता र योगदानकर्ता दुवैको ठूलो क्षति व्यहोर्नुपरेको भन्दै सरकारले उनीहरुको एक महिना बराबरको ३१ प्रतिशत रकम कोषमा जम्मा गरिदिन लागेको उनले जानकारी दिए । कोषमा हाल श्रमिकको पारिश्रमिकको २० प्रतिशत रोजगारदाताको तर्फबाट र कर्मचारीको तर्फबाट ११ गरी ३१ प्रतिशत रकम जम्मा हुँदै आएको छ ।

हाल सामाजिक सुरक्षा कोषमा १२ हजार ३ सय १५ रोजगारदाता र १ लाख ५३ हजार २ सय ७० योगदानकर्ता आबद्ध छन् ।  उनीहरूबाट हालसम्म कुल ८६ करोड ९९ लाख रुपैयाँ रकम संकलन भइसकेको सामाजिक सुरक्षा कोषले जनाएको छ ।

सरकारले याे लगायत धेरै प्याकेजकाे घाेषणा गरेकाे छ । सरकारले इन्टरनेटमा २५ प्रतिशत छुट दिएकाे छ । एक महिनाकाे घर वहाल कर छुट दिन सरकारले घरधनीलाइ अनुराेध गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.