लक डाउन ८ दिन थप्ने सरकारकाे निर्णय

  २०७६ चैत १६ गते १७:३०     विकासन्युज

काठमाडौं । सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लक डाउन बढाउने निर्णय गरेको हाे ।

यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडानको बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको थियो । जसअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ८ दिन थप्ने निर्णय गरेको स्राेतले बतायाे ।

सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो । सो लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ । आजकाे निर्णय अनुसार अब २५ गतेसम्म लक डाउन रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.