ग्राहकलाई प्रोत्साहन गर्न एनसेलले नेटवर्कको नाम स्टेहोम राख्दै

  २०७६ चैत १५ गते १८:४९     विकासन्युज

काठमाडौं । एनसेलले सामाजिक दुरी कायम राख्नका लागि नेटवर्कको नाम स्टेहोम राख्दै छ । कोरोना भाइरसको संक्रमण फैलिएसँगै एनसेलले आफ्नो नेटवर्कको नामको सट्टामा स्टेहोम अर्थात घरमै बस भन्ने सन्देश राखेको हो ।

उक्त सिग्नल स्मार्टफोनमा नेटवर्क सिग्नल देखिने ठाउँसँगै देखिन्छ । अहिले विश्वभर कोभिड १९को महामारी फैलिएसँगै यो संकटको अवस्थामा स्मार्टफोन प्रयोगकर्तालाई घरमै बस्न प्रोत्साहित गर्न कम्पनीले यस्तो सन्देश राख्ने निर्णय गरेको हो ।

स्मार्टफोन निमार्ताका आ–आफ्नै विषेशता हुने र सेटिङ्गसँग सम्बन्धित कारणले गर्दा सबै प्रकारका स्मार्टफोनमा यो सन्देश नदेखिन एनसिलले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.