दानाको अभाव र बिक्री हुन छाडेपछि किसान चिन्तित

  २०७६ चैत १५ गते १३:१७     विकासन्युज

पाल्पा । पाल्पाको रैनादेवी छहरा–३, भुवनपोखरी किसानले दानाको अभाव देखाएर र बिक्री हुन छाडेपछि बोइलर कुखुरा जिउँदै गाडेका छन् । लकडाउनका कारण दानाको अभाव र कुखुरा विक्री हुन छाडेपछि यहाँका किसानले बोइलर कुखुरालाई जिउँदै गाडेका हुन् ।

रैनादेवी छहरा गाउँपालिका—३ का वडाध्यक्ष लालबहादुर दर्लामीका अनुसार दोब्बर घाटा हुने डरले किसानले कुखुरालाई जिउँदै जङ्गलमा छाडिएको बताए । जथाभावी कुखुरा फाल्दा दुर्गन्धित हुने त्रास बढेपछि कुखुरा गाडिएको हो ।

भुवनपोखरी डाडागाउँका चार कुखुरा फार्म र तालपोखरीको एक फार्मबाट छ हजार कुखुरालाई नष्ट गरिएको हो । अठ्ठाईस दिनदेखि ४० दिनसम्म पालेका कुखुरा दुईदेखि तीन किलोसम्म रहेका छन् ।

तानसेन र बुटबलदेखि दाना ल्याउनुपर्ने बाध्यता रहेको थियो । कोरोना रोगको सङ्क्रमणको भयले कुखुरा बिक्री हुन छाडेपछि स्थानीय कुखुरापालकहरु मोहन पौडेल, बेदप्रसाद मरासिनी, खुमानन्द मरासिनी, प्रकाश बोहोरा र धर्म पोडेललगायतले कुखुरालाई जङ्गलमा गाड्नु परेको जानकारी दिए। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.