बीमा कम्पनीहरुलाई चैतभर छुटैछुट, डिजिटल कारोबारमा कोरोनाको दवाव

  २०७६ चैत १३ गते १६:५३     विकासन्युज

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई चैत महिनाभरी विभिन्न कारोबारमा छुट दिएको छ । साथै, अनलाईन कारोबारमा अनुदार रहेको बीमा क्षेत्रलाई कोरोना त्रासले अनलाइन कारोबार गर्न बाध्य पनि पारेको छ ।
.
कम्पनीहरूकाे नियामक निकाय बीमा समितिले विहीबार ५ बुँदै निर्देशन जारी गर्दै मिल्ने सम्मकाे काराेबार चैत मसान्तसम्म सार्न र अनलाइनबाट बीमा सेवा दिने र काराेबार पनि अनलाइनबाट गर्ने व्यवस्था मिलाउन भनेकाे छ ।

जीवन बीमा कम्पनीहरूले यहि चैत मसान्तसम्म बीमाशुल्क संकलन स्थगित गर्न पाउने भएका छन् । कोरोना संक्रमणको कारण प्रभावित भएकाले बीमा समितिले जीवन बीमा कम्पनीलाई उक्त निर्देशन दिएको हो ।

बीमा समितिले चैत १३ सर्कुलर जारी गर्दै बीमा कम्पनीलाई उक्त निर्देशन दिएको हो । यससँगै परिस्थिति सामान्य भएपछि वीमितलाई बिना व्याज र जरिवाना बीमा शुल्क संकलन गर्ने व्यवस्था मिलाउन जीवन बीमा कम्पनीलाई निर्देशन दिएकाे  छ ।

त्यस्तै बीमा अवधि समाप्त भएको बीमालेखको हकमा सम्बन्धित बीमितको लिखित अनुरोध (विद्युतीय माध्यमबाट प्राप्त)को आधारमा बीमालेख नविकरण हुने व्यवस्था मिलाउन जीवन बीमा कम्पनीलाई निर्देशन दिएको छ ।

बीमा अभिकर्ताकाे इजाजत पत्र नवीकरण गर्न तथा सर्भेयरकाे इजाजत पत्र नविकरणको लागि बीमक मार्फत समितिको नबिल बैंकमा रहेको खाता नं ०११००१३०११००१ मा चैत मसान्तभित्र शुल्क जम्मा गरी बैंक भौचर पेश गरेमा जरिवाना नलाग्ने समितिले जनाएको छ ।

अनलाइन काराेबार तथा डिजिटल भुक्तानी प्रणाली विकासतर्फ कामै नगरी बसेकाे बीमा समितिले अहिले भने अनलाइनबाट प्रमाण जुटाउने र दावी भुक्तानी गर्ने कार्यलाई प्राेत्साहित गरेकाे छ । बीमा समिति र बीमा कम्पनीहरूलाई प्रविधि मैत्री बन्नकाे लागि काेराना भाइरसले दबाब दिएकाे जानकारहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.