अब व्यापारीले घरघरमा गएर सामान पुर्याउनु पर्ने

  २०७६ चैत १३ गते १६:३५     विकासन्युज

काठमाडौं । अब व्यापारीले सामान सकिएकाका घरमा गएर पुर्याएर आउनु पर्ने भएको छ । बिहीबार गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन फोनबाट वस्तुको माग संकलन र ‘डेलिभरी भ्यान’बाट आपूर्ति गर्ने निर्णय गरेको छ ।

दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन गृह मन्त्रालयले व्यापारी र बिक्रेतालाई निर्देशन दिएको छ । बिक्रेतालाई आवश्यक पर्ने सुरक्षा, भ्यानको पास लगायत सुविधा जिल्ला प्रशासन, स्थानीय तह र वडा कार्यालयबाट उपलब्ध हुने निर्णय बैठकले गरेको छ ।

प्रवक्ता केदारनाथ शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा सर्वसाधारणलाई घरभित्रै बसिदिन अपिल समेत गरिएको छ । अब केही सरकारी निकाय, निजी क्षेत्रका ठूला खाद्य स्टोर र तथा अनलाइन सपिङले अत्यावश्यक वस्तु होम डेलिभरी गर्नुपर्ने भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.