नागढुङ्गा–कलङ्की सडकखण्डमा कीटनाशक औषधि छरियो

  २०७६ चैत १३ गते १४:०६     विकासन्युज

काठमाडौं । प्रवेशको मुख्यद्वार नागढुङ्गा–कलङ्की सडकखण्डमा कीटनाशक औषधि छरिएको छ । चन्द्रागिरि नगरपालिका र थानकोटस्थित नेपाली सेनाको टोलीले नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा ‘हाइड्रो क्लोराइड’ नामक कीटनाशक औषधि छर्केका हुन् ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले कोरोना रोग नियन्त्रणका लागि केही हदसम्म सहयोग पुग्ने उद्देश्यले नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा कीटनाशक औषधि छर्किएको जानकारी दिए ।

“कीटनाशक औषधि छर्किएसँगै मुख्य राजमार्गमा हुने कीटाणु उड्न पाउँदैनन्”, उनले भने । नगरवासीलाई घरभित्र बस्न आह्वान गर्दै बिहानैदेखि नगरपालिकाभित्र माइकिङ गरिएको उनले भने। नगरपालिकाले विदेशबाट आएका व्यक्तिको लगत सङ्कलनसमेत अगाडि बढाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.