डब्ल्यूएचओले भन्यो: जुनसुकै बेला पनि सकरात्मक समाचार आउन सक्छ, ६ प्रकारका औषधिको महापरीक्षण सुरु

  २०७६ चैत १३ गते ११:५९     राजाराम न्यौपाने

काठमाडौं। विश्वभर फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)  संसारभरका देशलाई महामारीको लागि औषधिको महापरीक्षण गर्न आग्रह गरेको छ ।

डब्ल्युएचओले सबैभन्दा प्रभावकारी रेमडेसिवीर, क्लोरोक्विन, हाइड्रोक्सीक्लोरोक्विन, रिटोनावीर, लोपिनावीर र इन्टरफेरान औषधिको महापरीक्षणका लागि आग्रह गरेको हो । यी अौषधिको प्रयोगले कोरोना भाइरसको संक्रमण निको भएका थिए । कोरोना भाइरसको संक्रमण भएका व्यक्तिलाई निको पार्नका लागि प्रयोग भएका औषधिको महापरीक्षण सुरु भएको हो ।

विश्व स्वास्थ्य संगठन ले यी ६ प्रकारका औषधिको मिश्रण वा यसैको सहायतामा अन्य कुनैको मिश्रण बरदानसावित हुनसक्ने विश्वास लिएको छ । यी औषधिबाटै कोरोना भाइरसलाई हराउन सक्ने विश्वास डब्ल्युएचओको लिएको छ ।

रेमडेसिवीर, क्लोरोक्विन, हाइड्रोक्सीक्लोरोक्विन, रिटोनावीर, लोपिनावीर र इन्टरफेरान औषधिसँगै संसारभरका वैज्ञानिक तथा चिकित्सकहरुले अन्य औषधिमा पनि अनुसन्धान जारी राखेका छन् । यी औषधिले कोरोना भाइरसका संक्रमित, उपचारमा संलग्न चिकित्सक र रोगीका परिवारलाई सहयोगी बन्नसक्ने अपेक्षा डब्ल्युएचओले गरेको छ ।

डब्ल्युएचओका अनुसार चीन, अमेरिका, फ्रान्स, स्पेन, इरान, दक्षिण अफ्रिका, दक्षिण कोरियालगायतका देश अहिले महापरीक्षणमा जुटिरहेका छन् । अबको एक महिनामा कुनै नतिजामा पुग्न सकिन्छ । अहिले सबै समयमा खराब समाचार मात्र आएको र अब भने जुुनसुकै समयमा सकरात्मक समाचार आउन सक्छ ।

के काम गर्छ महापरीक्षणका भइरहेका औषधिले ?

रेमडेसिवीर : रेमडेसिवीरले जिलिड साइन्सेजले इबोलाको उपचारका लागि बनाएको हो । यसले भाइरसलाई मानिसको शरीरमा पुगेर नयाँ भाइरस बनाउन रोक्छ । अमेरिकाको सबैभन्दा पहिलो कोरोना संक्रमित व्यक्तिमा रेमडेसिवीर नामक औषधि चलाइएको थियो ।

क्लोरोक्विन र हाइड्रोक्सीक्लोरोक्विन : यो औषधिले मानिसको शरीरमा भाइरसले आक्रमण गर्ने भाग नष्ट हुने र भाइरस आक्रमणका लागि असफल तथा कमजोर हुन्छ । क्लोरोक्विन र हाइड्रोक्सीक्लोरोक्विन औषधिका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वकालत गरेका थिए । उनले यो औषधिलाई गेम चेन्जर भनेका थिए । डब्ल्युएचओको वैज्ञानिक समितिले यो औषधि खारेज गरेको थियो ।

तर जेनेभामा भएको डब्ल्युएचओको वैज्ञानिको बैठकले यो औषधि महापरीक्षणका लागि पठाउने निर्णय भने गरेको छ । यो औषधिको विषयमा संसारभरबाट माग आएपछि महापरीक्षणका लागि पठाइएको हो ।

रिटोनावीर लोपिनावीर : यो औषधि चीनको वुहानमा प्रयोग गरिएको थियो । एचआइभी रोक्नका लागि यसको प्रयोग गरिएको थियो । हल्का संक्रमणका लागि रिटोनावीरको र धेरै संक्रमण भएमा लोपिनावीरको प्रयोग गरिन्छ । यो औषधिले शरीरमा भाइरसको आक्रमण हुने ठाउँमा पुगेर भाइरस र मानिसको कोशिकालाई छुट्टाउने काम गर्छ ।

इन्टरफेरान–भिटाका : यो औषधि साउदी अरेबियाले मिडिलइष्ट रेस्पिरेटरी सिन्ड्रमको समयमा संक्रमित बिरामीमा प्रयोग गरिएको थियो । यो औषधिले मानिसको शरीरमा भाइरसले आक्रमण गर्ने टिस्युलाई नोक्सान पुर्याउँछ । त्यसको असरस्वरुप भाइरसको प्रभाव कम हुँदै जान्छ । एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.