भाइरस निणन्त्रण कोषमा उद्योग वाणिज्य महासंघको सहयोग

  २०७६ चैत १२ गते १८:०२     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश पाँच समितिले प्रदेश पाँच सरकारले बनाउने निर्णय गरेको १० करोडको कोरोना भाइरस नियन्त्रण कोषमा २ लाख ५१ हजार रुपैंया सहयोग गर्ने निर्णय गरेको छ । समितिले बुधबार एक विज्ञप्ती जारी गर्दै सहयाेग गर्ने जनाएकाे हाे ।

कोरोना भाइरस (कोभिड–१९) का कारण देश विषम परिस्थितिमा परेको सन्दर्भमा उद्योगी व्यबसायीको तर्फबाट सहयोग गर्ने निर्णय गरिएको नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश समितिले बताएकाे छ ।

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश समितिका अध्यक्ष गुणनिधी तिवारीले बुधबार प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेललाई पत्राचार गरेर महासंघले प्रदेश सरकारले स्थापना गरेको नोभेल कोरोना भाईरस नियन्त्रण कोष उद्योगी व्यबसायीको तर्फबाट सहयोग गर्ने निर्णय गरिएको जानकारी समेत गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.