अब धरानको बीपी कोइराला अस्पतालमा पनि कोरोना परीक्षण गरिने

  २०७६ चैत १२ गते १७:२६     विकासन्युज

काठमाडौं । सरकारले अब पूर्वको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोराना परीक्षण गरिने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बुधबार पत्रकार सम्मेलन गर्दै बीपी कोईराला धरानमा पनि कोराना परीक्षण गरिने बताएका हुन् ।

उनले काेराेना परीक्षणका लागि किटजन्य सामाग्री पठाएको बताए । मन्त्री ढकालले यससँगै सरकारले सातै प्रदेशमा छिटै नै काेराेना परीक्षण ल्याब संचालनमा ल्याउने जानकारी दिए ।

हाल काठमाडौंको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोनाको परीक्षण भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.