कोरोना रोकथामको लागि सिद्धार्थ क्यापिटलले साढे २ लाख सहयोग गर्ने

  २०७६ चैत १२ गते १६:१०     विकासन्युज

काठमाडौं । सिद्धार्थ क्यापिटलले ‘कोरोना भाइरस संक्रमण रोकथाम एव नियन्त्रण उपचार कोष’ मा २ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

नेपाल सरकारले स्थापित गरेको उक्त कोषमा संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो मात्राको सहयोग गर्ने भएको हो ।

उक्त कोषमा जम्मा भएको रकम कोरोना भाइरसको संक्रमण नियन्त्रण र प्रभावितहरुको उपचारका लागि उपयोग हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.