नेपालमा कोरोना देखिएसँगै सरकारी कार्यालय बन्द गरिँदै, कर्मचारीलाई तयारी अवस्थामा राखिने

  २०७६ चैत १० गते १९:१४     विकासन्युज

काठमाडौं । नेपालमा कोरोना भाइरस देखिएसँगै सरकारले अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका अन्य सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु पनि बन्द गर्ने भएको छ । अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका काम नहुनेभन्दा पनि सेवाग्राही कार्यालय पुग्ने भएकाले कर्मचारीलाई कार्यालय नगइ घरमा तयारी अवस्थामा राख्न लागिएको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समन्वय समितिको बैठक अहिले सिंहदरवारमा बसिरहेको छ । सो बैठकले कर्मचारीलाई घरमै तयारी अवस्थामा बस्ने तर कार्यालय आउन नपर्ने गरी निर्देशन दिने तयारी छ ।  तर, कार्यालय प्रमुख र उच्च पदस्थ कर्मचारीको भने बिदा हुने छैन ।

कोरोनाको त्रास बढदै जाँदा सार्वजनिक स्थलमा सर्वसाधारणको आवागमन नरोकिएको कारण कार्यालय बन्द गरेर सरकारले आवागमन रोक्न लागेको हो । सडक लगायत सार्वजनिक स्थलमा आवागमन रोक्न प्रहरीले घर बाहिर ननिस्कन र अत्यावश्यक कामबाहेक घरमै बस्न टोलटोलमा माइकिङ समेत गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.