सरकारकाे करोना कोषमा नर्भिक तथा बसन्त चौधरी फाउन्डेसनले १ करोड सहयोग गर्ने

  २०७६ चैत १० गते ११:२१     विकासन्युज

काठमाडौं। सरकारद्वारा घोषणा गरिएको ‘कोरोना कोष’ मा नर्भिक तथा बसन्त चौधरी फाउन्डेसनले एक कराेड रूपैयाँ सहयोग गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको उक्त काेषमा फाउन्डेसनले साे मात्राकाे सहयाेग गर्न लागेकाे हाे ।

बसन्त चाैधरीले ट्विटर मार्फत उक्त रकम बराबरकाे सहयोग गर्ने घोषणा गरेका हुन् । ‘नर्भिक तथा बसन्त चौधरी फाउन्डेसनको तर्फबाट सहयोग स्वरूप ५० लाख नगद तथा थप ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज उपलब्ध गराइने घोषणा गर्दछौं।’ उनले ट्विटरमा लेखेका छन् ।

मन्त्रिपरिषद्को आइतबार साँझको बैठकले कोरोना संक्रमणका विरूद्ध ५० करोडको कोषको घोषणा गरेको थियो। सो कोषमा मन्त्रीहरूबाट एक महिनाको पारिश्रमिक योगदान गर्ने बताइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.