साेमबारदेखि नेपालका सबै सीमा नाका बन्द गर्ने मन्त्रिपरिषद्काे निर्णय

  २०७६ चैत ९ गते २१:११     विकासन्युज

काठमाडाैं  सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक सातासम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

साेमबार  विहान १० बजेदेखि सबै नाका बन्द हुनेछ । भारतमा कोरोनाको संक्रमणकाे फैलावट उच्च रूपमा देखिएपछि नेपालले सीमा नाका बन्द गर्ने  निर्णय लिएकाे हाे ।

भारतले पनि आइतबार मध्यरातिबाट लागू हुने गरी अन्तरप्रदेश बस सेवा र रेल्वे बन्द गर्ने निर्णय गरेको छ ।

त्यस्तै सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न केन्द्रीय राहत कोष खडा गरेको छ । मन्त्रिपरिषदको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.