चौतर्फी दबाबपछि बुद्ध एयरले घटायो हवाई भाडा, कहाँ जान कति ?

  २०७६ चैत ९ गते १३:४९     विकासन्युज

काठमाडौं । चौतर्फी दबाबपछि बुद्ध एयरले हवाई भाडा घटाएकाे छ । सरकारले लामो दूरीका यात्रुवाहक सवारीसाधन सञ्चालनमा १० दिनसम्म रोक लगाएपछि बुद्ध एयरले हवाई भाडा घटाएको हाे । आइतबार बिहान विज्ञप्ती जारी गर्दै हवाई भाडा घटाएको बताएकाे हाे ।

यात्रुवाहक सवारीसाधनमा रोक लगाएपछि हवाईमार्ग मात्रै यात्राको पहिलो साधन बन्न पुगेकाले नेपाली यात्रुहरुलाई थप सजिलो र राहतका लागि भन्दै भाडादर घटाइएको बुद्धको भनाइ छ ।

जसअनुसार विराटनगरमा ७ हजार ८ सय ७८ रुपैयाँ लिँदै आएकोमा ५ हजार ५ सय, भैरहवा ४ हजार ९ सय, नेपालगन्ज ६ हजार ३ सय, भद्रपुर ६ हजार २ सय, धनगढी ७ हजार ९ सय, पोखरा ३ हजार ७ सय, राजविराज ४ हजार २ सय रुपैयाँ ताेकेकाे छ ।

कुन ठाउँ जान कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.