सेन्ट जेभियर्सकाे कक्षा १ को भर्ना परीक्षाको नतिजा स्थगित

  २०७६ चैत ८ गते १९:२८     विकासन्युज

काठमाडौं । सेन्ट जेभियर्स स्कुलले शैक्षिक शत्र २०७७/०७८ सालको लागि लिएका कक्षा १ को भर्ना परीक्षाको नतिजा स्थगित गरेकाे छ । सारेको छ । विद्यालयले शनिबार एक सूचना सार्वजनिक गर्दै परीक्षाकाे नतिजा स्थगित गरेकाे हाे ।

कोभिड १९ को संभावित प्रकोपलाई नजर राख्दै स्कुलले नतिजा स्थगित गरेकाे बताएकाे हाे । चैत ५ गते लिइएको कक्षा १ को परिक्षा अर्काे सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गरेको विज्ञप्ती मार्फत जनाएको छ ।

याेभन्दा अगाडि सरकारले सेन्ट जेभियर्स स्कुललाई प्रवेश परीक्षाको नतिजा रोक्न निर्देशन दिएको थियाे । शिक्षा विकास समन्वय इकाइ, ललितपुरका प्रमुख योगेन्द्रप्रसाद बरालले नतिजा रोक्न निर्देशन दिइसकेको जानकारी थिए।

सेन्ट जेभियर्स स्कुलले सरकारको निर्देशन विपरीत कक्षा १ मा छात्र तथा छात्राको भर्नाका लागि प्रवेश प्ररीक्षा लिइएको थियो । कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले चैत मसान्तसम्म बालविकास केन्द्रदेखि विश्वविद्यालयमा कुनै पनि शैक्षिक गतिविधि नगर्ने निर्देशन दिएको थियो । साेही निर्देशनकाे पालना गर्दै स्कुलले परीक्षाकाे नतिजा स्थगित गरेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.