माघको मूल्यबृद्धि पोहोरकोभन्दा दोब्बर, सरकारी लक्ष्यभन्दा निकै धेरै

  २०७६ चैत ५ गते १४:२४     विकासन्युज

काठमाडौं । गत माघको मूल्यबृद्धि करिब ७ प्रतिशत छ । यो बृद्धिदर गत वर्षको माघ महिनाकोभन्दा करिब ३ प्रतिशतले बढी हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत माघको मूल्यबृद्धि ६.८७ प्रतिशत छ । गत वर्षको माघमा यस्तो मूल्यबृद्धि ४.३५ प्रतिशत थियो ।

माघ महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ ।

काठमाडौं उपत्यकामा ७.५८ प्रतिशत, तराईमा ७.२९ प्रतिशत, पहाडमा ५.४६ प्रतिशत र हिमालमा ५.२८ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७५ माघमा यी क्षेत्रहरुमा क्रमशः ५.१९ प्रतिशत, ३.४४ प्रतिशत, ४.९१ प्रतिशत र ५.२७ प्रतिशत मूल्यबृद्धि थियो ।

माघ महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८७ प्रतिशत रहेकोमा भारतमा यस्तो (फेव्रुअरी महिनाको) मुद्रास्फीति ६.५८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा नेपाल र भारतको मुद्रास्फीति क्रमशः ४.३५ प्रतिशत र २.५७ प्रतिशत रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.