ट्रस्टएमल र जनसचेतन सहकारीबीच सम्झौता

  २०७६ चैत ३ गते १५:४५     विकासन्युज

काठमाडौं । ट्रस्टएमल र जनसचेतन सहकारीबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा डेटम सिस्टमस प्राइभेटका प्रमुख कार्यकारी अधिकृत गिरिश दाहाल र जनसचेतन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष हेमन्त चौलागाईले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार ट्रस्टएमलबाट सो संस्थाले वित्तीय जानकारी इकाईमा पठाउनु पर्ने शंकास्पद कारोबार र अन्य सबै प्रतिवेदन इलेक्ट्रोनिक माध्यमबाट पठाउन सक्नेछ।

वित्तीय लगानी निवारणका लागि गर्नुपर्ने ग्राहकको पहिचान, अभिलेख राख्न र ग्राहकको पहिचान गर्दा प्राप्त विवरणको आधारमामा जोखिम निर्धारण गर्न डेटम सिस्टमबाट निर्मित ट्रस्टएमल खरिद गरि प्रयोग गर्न समझदारी गरेको छ ।

यसबाट संस्थाले गर्नुपर्ने ग्राहकको पेशा, स्थान, व्यवशायको प्रकृति, सहकारीबाट प्रदान गरिएको सेवा र डेलिभरि च्यानेल समेतको आधारमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी निवारणका जोखिम निर्धारण गरि न्युनिकरण गर्न सरल हुनेछ।

ट्रस्टएमलबाट सो संस्थाले वित्तीय जानकारी इकाईमा पठाउनु पर्ने शंकास्पद कारोबार र अन्य सबै प्रतिवेदन इलेक्ट्रोनिक माध्यमवाट पठाउन सक्नेछ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दाहालले ट्रस्टएमल प्रयोग गरि सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी जोखिम कम गर्न संस्थाले सम्पूर्ण सहकारी संस्थाहरु मध्येबाट अग्रता लिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.