कोरोना प्रभाव चलचित्रमा, ‘सिनेमा क्षेत्र बन्द गर्ने तयारी’: मन्त्री ढकाल

  २०७६ चैत २ गते १४:०९     विकासन्युज

काठमाडौं । कोरोनाको त्रास बढेसँगै नेपाली सिनेमा हल बन्द गर्ने कुरा भइरहेको छ । सिनेमा हलमा भिड हुने हुँदा राेग फैलिने प्रमुख स्थान भएका कारण केही अनिश्चितकालका लागि बन्द गर्न पर्ने स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

राष्ट्रिय सभाको बैठकमा स्वास्थ्यमन्त्री  ढकालले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि आगामी दिनमा भिडभाड हुने सबै क्षेत्र बन्द गर्न अनिवार्य रहेको बताए ।

तत्कालका लागि यस्ता संघसंस्थाहरु बन्द गर्ने विषय छलफल भइरहेको जानकारी दिए । उनले उक्त प्रतिनिधि सभाको बैठकमा बोल्दै कोरोना भाइरसबाट टाढा बस्नका लागि सबै मानिस आफू नै सेफ क्वारेन्टाइनमा बस्नु पर्नेछ ।

यदि कोही व्यक्तिमा कोरोनाको संक्रमण देखिएको खण्डमा सरकारले नै उपचार खर्च व्यहोर्ने जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.