कोरोनाकाे महामारी नियन्त्रण गर्न अमेरिकामा सङ्कटकाल घोषणा

  २०७६ चैत १ गते १७:२८     विकासन्युज

वासिङटन । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस सङ्क्रमण प्रकोप फैलिरहेकाले त्यसलाई नियन्त्रण गर्न ‘राष्ट्रिय सङ्कटकाल’ घोषणा गरेका छन् ।

विश्व स्वास्थ्य संगठनले शुक्रबार युरोपलाई कोरोनाभाइरसको नयाँ केन्द्रबिन्दु घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राज्य सङ्कटकालको घोषणा आएको हो । सङ्कटकालको घोषणा गर्न ट्रम्पले ह्वाइट हाउसबाट टेलिभिजनमार्फत् प्रत्यक्ष सम्बोधन गरेका हुन् ।

अमेरिकामा १ हजार ७ सय १ जनामा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भइसकेको छ भने ४० भन्दा बढीमा कोभिड–१९ कै कारण मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

अमेरिकाका विभिन्न राज्यले कोरोना भाइरस सङ्क्रमणको दर नियन्त्रण गर्न विभिन्न उपाय अपनाइएको छ । त्यहाँ ठूला भेला र खेलकुदका कार्यक्रममा प्रतिबन्ध लगाउनेदेखि विद्यालय बन्द गर्नेसम्मका निर्णय गरिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरस सङ्क्रमणबाट हुने रोग अर्थात् कोभिड–१९ लाई विश्वव्यापी माहामारीको सङ्ज्ञा दिइसकेको छ ।

गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेइ प्रान्तको उहान शहरबाट फैलिएको कोरोनाभाइरस सङ्क्रमणको महामारीको केन्द्रबिन्दु अहिले युरोप भएको छ ।

इटलीमा २४ घण्टामा सर्वाधिक २५० जनाको मृत्यु भयो । अहिलेसम्म कुल १ हजार २ सय ६६ जनाको मृत्यु भइसकेको छ भने १७ हजार ६ सय ६० जानमामा सङ्क्रमण पुष्टि भएको तथ्याङ्क हो । (रासस/एएफपी)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.