के हो क्वारेन्टाईन ? विकसित देशले सबै नागरिकलाई सरकारी क्वारेन्टाईनमा राख्छन् ?

  २०७६ फागुन २९ गते १८:५१     विकासन्युज

काठमाडौं । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बिहीबार अब कुनै पनि नागरिकलाई कोरोनाको संक्रमणको आशंकामा सरकारले क्वारेन्टाईनमा नराख्ने भनेपछि उनको आलोचना भएको छ ।

अब नागरिकहरु आफै घरमै सेल्फ क्वारेन्टाईनमा बस्नुपर्ने भनेपछि स्वास्थ्यमन्त्री ढकाल र सरकारको आलोचन बढेको हो ।

सामाजिक संजालमा मन्त्री ढकालको यो अभिव्यक्तिको सबैभन्दा धेरै आलोचना भएको छ । संसदमा पनि यो विषयमा प्रश्न उठेको छ ।

तर, सेल्फ क्वारेन्टाईनमा आशंका लागेका मानिसहरु बस्नुपर्ने विश्व स्वास्थ्य संगठनको नीतिमै उल्लेख गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैले आफ्ना नागरिकलाई कोरोना लागेको आशंकामा सेल्फ क्वारेण्टाईनमा बस्नु भनेर आग्रह गर्ने नेपाल मात्र पहिलो देश होइन ।

नेपालबाहेक अमेरिका, बेलायत, ईटाली, ईरानजस्ता धेरै राष्ट्रले आफ्ना नागरिकलाई सेल्फ क्वारेन्टाईनमा बस्न आग्रह गरेका छन् ।

क्वारेन्टाईन भनेको के हो ?

यदि कसैलाई पनि क्वारेन्टाईनमा राखिन्छ भने यसको मतलब उ कोरोना भाईरसबाट संक्रमित भएको भन्ने होइन ।

क्वारेन्टाईन भनेको यस्तो ठाउँ वा अवस्था हो, जहाँ कुनै पनि रोग भएको आशंका अर्थात पुष्टि नभएको अवस्थामा मानिस वा जनावरलाई राखिन्छ ।

क्वारेन्टाईनमा रोग पुष्टि नभएको तर संक्रमण रोगको आशंकमा भएका मानिसहरुको हिँडडुल प्रतिबन्ध गर्नको लागि राखिन्छ ।

फ्लु जस्तो लक्षण देखाएकाहरुलाई सामान्यत १४ दिनसम्म क्वारेन्टाईनमा बस्न भनिन्छ । कोरोना संक्रमण भइसकेपछि लक्षण देखिन १४ दिनसम्म लाग्ने विशेषज्ञहरु बताउँछन् ।

सरकारले चीनबाट उद्धार गरेका विद्यार्थीलाई १४ दिन क्वारेन्टाईनमा राख्यो । उनीहरु कसैमा पनि कोरोन भएको पुष्टि नभएको र चीनबाट आएका कारण शंकाको आधारमा क्वारेन्टाईनमा राखिएको हो ।

तर, जनमानसमा कोरोनाको शंका लागेकालाई सरकारले नै उद्धार गरी सुरक्षा दिनुपर्छ भन्ने एक प्रकारको भ्रम परेको छ ।

क्वारेन्टाईनमा बस्नु भन्नाले तपाई आफ्नो परिवारको सदस्य र भाँडामा सँगै बसेका साथीसँग नबस्नु भन्ने पनि होइन । एउटै घरमा बेग्लै कोठामा बेग्लै सामान प्रयोग गरेर पनि कोरोना शंका लागेका व्यक्ति बस्न सकिन्छ ।

क्वारेन्टाईनमा बस्नु भनेको सकेसम्म अत्यावश्यक व्यक्तिहरुसँग मात्र भेट्ने, मास्क प्रयोग गर्ने, आफ्नो सामानहरुको प्रयोग आफै मात्र गर्ने, घरमा प्रत्यक्ष सम्पर्कमा आउने सामाग्रीहरुलाई सफा राख्ने भन्ने हो ।

क्वारेन्टाईनले जिवनशैलीमा ल्याउने सबैभन्दा ठुलो परिवर्तन भनेको यसले हिँडडुललाई बन्द गर्दछ ।

क्वारेन्टाईन र आईसोलेसनबीचको फरक

आईसोलेसन भन्नाले कुनै पनि कोरोना संक्रमित व्यक्तिलाई राखेर उपचार गरिने स्थान हो । उक्त व्यक्तिले अन्य कुनै पनि व्यक्तिलाई भाईरस नसारी निको हुनको लागि आईसोलेसनमा राखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.