बिराटनगर उड्नु पर्ने श्री एयरलाइन्सको बिमानमा समस्या आउँदा यात्रु रोकिए

  २०७६ फागुन २७ गते १३:४२     विकासन्युज

काठमाडौं । मंगलबार ११ बजे बिराटनगरका लागि उड्नु पर्ने श्रीएयरलाइन्सको बिमानमा समस्या देखा परेको छ । बिहान ११ बजे यात्रु काठमाडौंदेखि बिराटनगरसम्मका लागि उड्न लागेकोे बिमानमा एक्कासी प्राविधिक समस्या आउँदा बिमान रोकिएको हो ।

एयरलाइन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धरका अनुसार बिमानमा केही प्राविधिक समस्या आएको कारणले उडान समयमै गर्न नसकिएको हो । उनले केही समयपछि अर्को बिमानबाट यात्रुहरुलाई बिराटनगर लिने तयारी भइरहेको बताए

उनले यात्रुको सुरक्षा र सेवालाई ध्यानमा राखी अर्को बिमानबाट जाने व्यवस्था भइरहको बताए । अबको १०/१५ मिनेटमै अर्को बिमानले यात्रुलाई पिकअप गर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.