कोरोनाको त्राससँगै कतारवेजले ल्यायो नयाँ रणनीति

  २०७६ फागुन २६ गते १३:५३     विकासन्युज

काठमाडौं । विश्वभर कोरोना भाइरस ( कोभिड १९)ले त्रास बढेसँगै कतारवेजले आफन ग्राहकहरुका लागि नयाँ रणनीतिहरु ल्याएको छ । नयाँ रणनीतिहरुमा ग्राहकहरुले अब आफुले बुक गरेको टिकट निशुल्क परिवर्तन गर्न सक्नेछन् ।

डोहा, कतार – कतार एयरवेजले ग्राहकहरूलाई उनीहरूको यात्रा योजना अनुकूल गर्न नयाँ व्यावसायिक नीति सुरू गरेको जनाएको छ । यात्रुहरुले जुन २० सम्मका लागि बुकिङ गरेका उडानहरु परिवर्तन गर्न सक्नेछन् । उनीहले प्रस्थान गर्नुभन्दा तीन दिनसम्म लागु हुने जनाइएको छ ।

कतार एयरवेज समूहका प्रमुख कार्यकारी अकबर अल बकरले यात्रु र कर्मचारीहरूको सुरक्षा र स्वास्थ्यलाई ध्यानमा राखी यो योजना ल्याएको बताएका छन् ।

कतार एयरक्राफ्ट केटरिंग कम्पनी (क्यूएसीसी) गत वर्ष विश्वको पहिलो संगठन हो । कतारवेजले ट्राभल भाउचर भविष्यको यात्राको लागि पुनः प्रयोग गर्न सकिने जनाइएकाे छ । यो भौचर जारी मितिबाट एक वर्षको लागि मान्य हुनेछ।  कतार राज्यको राष्ट्रिय वाहक कतार एयरवेजले २० भन्दा बढी यात्रा गर्ने ठाउँहरू सँगसँगै आफ्ना १६० भन्दा बढी व्यवसाय र मनोरन्जन स्थलहरूमा उडान गरिरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.