श्रम कार्यालय पोखराले गर्यो श्रम स्वीकृत बन्द

  २०७६ फागुन २३ गते १४:०३     विकासन्युज

काठमाडौं । श्रम तथा रोजगार कार्यालय पोखराले पुन श्रम स्वीकृत दिन बन्द गरेको छ । एक दिनका लागि साउदी, कुवेत, ओमन, कतार, बहराइन जस्ता अरवियन भाषामा भिसा हुने देशहरुको लागि श्रम स्वीकृत बन्द गरेको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम तथा रोजगार कार्यालय पोखराका भाषा अनुवादक मुस्ताफा जोशीको अनुपस्थित भएसँगै बन्द गर्न लागिएको हो ।

पछिल्लो समय रोजगार गन्तव्य मुलुकमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिएसँगै श्रम स्वीकृति रोक्ने विषयमा मन्त्रालयमा छलफल भइरहेको छ ।

ताहचल तथा उपत्यका बाहिर धनगढी, सुर्खेत, बुटवल, पोखरा, जनकपुर र विराटनगरबाट श्रम स्वीकृति दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.