सानिमा बैंकका ग्राहकले मासिक किस्तामा सामसङको जुनसुकै मोबाइल पाउने

  २०७६ फागुन २२ गते १९:१२     विकासन्युज

काठमाडौं । सानिमा बैंकका ग्राहकले मासिक किस्तामा (इएमआएई) सामसङको मोबाइल सेट पाउने भएका छन् । जसको लागि बैंक र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रा. लि. बीच सम्झौता भएको छ ।

सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरु रिकमेन्डेड रिटेल मूल्य(आरआरपी)मा खरिद गर्न सक्नेछन् ।

यसैगरी बैंकको क्रेडिट कार्ड प्रयोगकर्ताले आकर्षक व्याज दरका साथ १८ महिनासम्मको मासिक किस्ता (इएमआएई) भुक्तानी गर्न सक्नेछन् । साथै भर्खरै अन्तर्राष्ट्रिय बजारमा लन्च गरिएको ग्यालेक्सी एस२० र ग्यालेक्सी२०प्लस विशेष मूल्यमा प्रिबुक गर्दा प्रिबुकिङ उपहार समेत प्राप्त गर्न सक्नेछन् ।

सो सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आईएमएस नेपालको तर्फबाट सेल्स तथा अपरेसन म्यानेजर नारायण प्रसाद भुषालले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.