नेपाल उद्योग परिसंघद्वारा प्रधानमन्त्रीको पूर्ण स्वास्थ्य लाभको कामना

  २०७६ फागुन २१ गते १७:४४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्ण स्वास्थ्य लाभको कामना गरेको छ । संघले प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण भएकोमा खुसी व्यक्त गर्दै उक्त कामना गरेको हो ।

साथै, संघले प्रधानमन्त्रीलाई पहिले जस्तै तन्दुरुस्त र तदारुकताका साथ देशको सेवामा फर्कन उस्तै ऊर्जा प्राप्त हुने विश्वास एवं शुभकामना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.