वैदेशिक राेजगारकाे विषयमा एनआरएनको आधिकारिक धारणा, नेपालकाे अर्थतन्त्र संकटमा

  २०७६ फागुन २१ गते १३:४२     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित तथा सुरक्षित बनाउन र वैदेशिक रोजगार सम्बन्धि संघको आधिकारिक धारणा पत्र बनाएको छ ।  वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी हित विभागका प्रमुख डा.बद्री केसीको अध्यक्षतामा बसेको बैठकले आगामी दिनमा यस क्षेत्रमा देखिने चुनौतीका विषयमा कुरा गरेका हुन् ।

विश्वव्यापी महामारी रुप लिन खोजीरहेको कोरोना भाइरसले वैदेशिक रोजगारी र नेपाली अर्थतन्त्रलाई गम्भिर संकट पार्न सक्ने भन्दै संघलाई यस सम्बन्धमा कसरी असर कम गर्न सकिन्छ भन्ने विषय छलफल भएको हो ।

वैदेशिक रोजगारीको क्षेत्रमा हाल देखिएका समस्याको समाधान गर्न गैरआवासीय नेपाली संघको भूमिका प्रष्ट पारेका हुन्। वैदेशिक रोजगारीमा जानेहरुको सामाजिक सुरक्षा तथा संघको आधिकारीक धारणामा समेटिने छ ।

यस कार्यक्रममा उपस्थित हुनु भएका विज्ञ तथा सरोकारवालाहरुले माथिका विषयहरुमा रहेर आआफ्ना धारणा व्यक्त गरेको थियो । संघले सबै विषय समेट्नुको सट्टा आफ्नो स्तरबाट योगदान गर्न सक्ने र आफुले प्रभाव पार्न सक्ने क्षेत्रहरुमा केन्द्रित हुन अनुरोध गरेको छ । साथै उनले वैदेशिक रोजगारीमा जानेहरुका लागि आवश्यक सीप र फर्केकाहरुको सीपको सदुपयोग बारे ध्यान दिन संघले अनुरोध गरेको छ ।

संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी हित विभागका प्रमुख डा.केसीले संघले वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउनका लागि नेपाल सरकार र सरोकारवाला संघसंस्थाहरुसंग समन्वय तथा सहकार्य गरी आफ्ना गतिविधिहरु संचालन गर्दै आएको बारे जानकारी दिए ।

यस कार्यक्रमा वैदेशिक रोजगारका विज्ञहरु क्रमश डा. गणेश गुरुङ, नेपाल सरकारका पूर्व सचिव पूर्ण चन्द्र भट्टराई, मधुविलाश पंडित, रामेश्वर नेपाल, गोविन्द मणि भूर्तेल लगायत अन्य सरोकारबालाहरु र संघको तर्फबाट उपाध्यक्ष डा.बद्री केसी, सचिव आरके शर्मा, सहकोषाध्यक्ष लोक प्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.