हिमालय एयरलाइन्सले थप्यो नयाँ जहाज

  २०७६ फागुन २० गते ९:४७     विकासन्युज

काठमाडौं । हिमालय एयरलाइन्सले नयाँ जहाज थपेको छ । नेपालको निजी अन्तर्राष्ट्रिय यस एयरलाइन्सले आफ्नो पाचौं वार्षिकउत्सवको अवसरमा ए ३१९–११५ विमान थप गरेको घोषणा गरेको छ ।

उपाध्यक्ष–अपरेशनस्, क्यापटेन हाओ दीले चीनको तियानजिन बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साेमबार भित्र्याएको हो ।

नयाँ विमान एमएसएन ९०२०,दर्ता नम्बर ९ एन–एजेके, स्थानीय समय २२ः२० मा विमानस्थलमा अवतरण भयो । यो नयाँ विमानको प्रवेशसँगै हिमालय एयरलाइन्ससँग तीन एयरबस ए३२०–२१४ र एक एयरबस ए३१९–११५ गरी चारवटा विमान हुने भएको छ ।

हालै समावेश गरिएको एयरबस ए३१९–११५ छोटो देखि मध्यम दूरीको उडान भर्ने एयरबस ए–३२० परिवारकै विमान हो । एयरबस कम्पनीद्वारा निर्मित यो विमान न्यारो–बडी, दुई इन्जीनयुक्त जेट विमान हो जसले व्यावसायिक यात्रीहरुलाई ल्याउने लाने गर्छ ।

कुल आठ बिजनेस क्लास सिट र १२० इकोनोमी क्लास सिट क्षमता रहेको विमानमा नयाँ र कुशल इन्जिन क्षमता रहेको छ जुन १५ प्रतिशतसम्म इन्धन बचत गर्न सक्षम छ ।

हालै समावेश गरिएको यस विमानले उच्च स्थानमा रहेका तिब्बतका ल्हासा, अलिजस्ता गन्तव्यस्थलहरुमा उडान गर्ने तथा उडान संख्या बढाउंदै धेरैभन्दा धेरै यात्रुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.