नर्भिक अस्पतालले कानकाे शल्यक्रियामा ५० प्रतिशत छुट दिने

  २०७६ फागुन १६ गते १७:२५     विकासन्युज

काठमाडौं । नर्भिक अस्पतालकाे कानकाे शल्यक्रियामा ५० प्रतिशत छुट  दिने भएकाे छ । नर्भिक इन्टरनेशनल हस्पिटलको नाक–कान–घाँटी विभागले विश्व श्रवण शक्ति दिवसका अवसरमा कानकाे अवसरमा ५० प्रतिशत छुट दिने भएकाे हाे ।

यस्तै, अस्पतालले  फागुन २० र २१ गते १० बजेदेखि साँझ ५ बजेसम्म कान सम्बन्धी समस्याहरूको निःशुल्क जाँच तथा परामर्श सेवा उपलब्ध गराउने पनि जनाएकाे  छ ।

निशुल्क सेवा प्राप्त गर्नका लागि ग्राहकहरुले अग्रिम नाम दर्ता गराउनुपर्ने छ । उक्त सेवा परिचालनका लागि नाक–कान–घाँटी विशेषज्ञहरु प्रा. डा. दिपेन्द्र श्रेष्ठ, डा. रेस्की देव, डा. खम्बीर श्रेष्ठ, वरिष्ट श्रवण विशेषज्ञ विद्वान भुषाल लगायतका विशषज्ञहरुको टोली कार्यरत रहने अस्पतालले जानकारी दिएको छ ।

दुवै दिन श्रवण शक्ति परीक्षण गराउनुपर्ने भएमा सो सेवा निःशुल्क हुनेछ भने श्रवण यन्त्र परीक्षणसमेत निःशुल्क गरिने अस्पतालले जानकारी दिएको छ ।  कान सम्बन्धि शल्यक्रिया गनुपर्ने भएमा शल्यक्रिया शुल्कमा र शल्यक्रिया तयारीका लागि यदि कुनै निदानात्मक सेवाहरु आवश्यक परे तिनमा पनि ५० प्रतिशत छुट गरिने र साथै श्रवण यन्त्रको आवश्यकता पर्ने विरामीलाई उक्त यन्त्रको शुल्कमा २५ प्रतिशत छुटसहितको दरमा प्राप्त हुने अस्पतालले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.