हायात रिजेन्सीमा खुल्यो ‘द लिभिङ रुम’ रेष्टुरेन्ट

  २०७६ फागुन १६ गते ११:४६     विकासन्युज

काठमाडौं । हायात रिजेन्सी काठमाडौंमा ‘द लिभिङ रुम’ रेष्टुरेन्ट खुलेको छ । हायात रिजेन्सीको लबी एरियामा अवस्थित उक्त भर्सटाइल रेष्टुरेन्ट योङ, ट्रेन्डी तथा स्वस्थसम्बन्धी सचेत खानाका पारखीहरूका लागि सञ्चालनमा ल्याइएको हो ।

शान्त र मनमोहक वातावरणमा रहेको ‘द लिभिङ रुम’ रेष्टुरेन्ट हुँदै टेरेस (छत) मा जान सकिन्छ जहाँबाट सुन्दर र हराभरा बगैचा तथा स्वीमिङ पुल देख्न सकिन्छ ।

यसको नाम ’दलिभिङ रुम’ जसको शाब्दिक अर्थ हुन्छ बैठक कोठा जहाँ परिवारका सबै सदस्यहरूको जमघट हुन्छ र रमाइला कुराहरू हुने गर्छन् । यसको नामजस्तै यो रेष्टुरेन्ट होटल हायात रिजेन्सीमा सबै उत्सवहरू वा रमाइलो पलहरूमा जमघट हुनका लागि सबैभन्दा उपयुक्त स्थान हो ।

आधुनिक र मनै लोभ्याउने साजसज्जा तथा इन्टेरियर डेकोरेशन रहेको ‘द लिभिङ रुम’ले फुड तथा बेभरेज इन्डष्ड्रीमा नयाँ ट्रेन्डहरू कायम गर्ने उद्देश्यका साथ सर्वोत्कृट खाना र स्फूर्ति दिने इनरजाइजिङ ड्रिङ्कहरू ग्राहकहरुलाई प्रदान गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.