वित्तीय सुधारमा लम्कीँदै बीमा समिति, जोखिममा आधारीत पुँजी सम्बन्धि निर्देशिका जारी

  २०७६ फागुन १५ गते १४:२५     विकासन्युज

काठमाडौं । बीमा समितिले जोखिममा आधारीत पूँजी सम्बन्धि निर्देशिका जारी गरेको छ । समितिले बीमा कम्पनीहरुमा स्वस्थ प्रतिस्पर्धाको विकास गर्ने उदेश्यका साथ उक्त निर्देशिका जारी गरेको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा बजारमा रहेका केही सामान्य समस्याहरु हामीले समाधान गर्न खोजेको बताए । हाम्रो उदेश्य बीमा कम्पनीहरुलाई कारबाही मात्र गर्ने भन्दापनि बीमा बजार तथा कम्पनीको अवस्था सुधारमा लाग्ने उनको भनाइ छ ।

निर्देशिका अनुसार बीमा कम्पनीहरुले आफ्नो जोखिमको मापन गर्नुपर्नेछ । यसरी कम्पनीहरुले जोखिमको मापन गर्नुको कारण आफ्नो तथा बिमितको उदेश्यमा पुग्न सहज होस भन्ने हो ।

बीमा कम्पनीमा अनुशासन तथा सुशासन ढंगबाट चलाउनु पर्ने, बीमा कम्पनीहरुले जोखिमको पहिचान गर्नुपर्ने सोही अनुसार पोलिसीको अवस्था निश्चित गर्नुपर्ने तथा बोर्ड तथा उच्च तहबाट जोखिम व्यवस्थापनमा कदम चाल्नुपर्नेछ ।

यस कारण आवश्यक छ जोखिम नियन्त्रण

बीमा कम्पनीहरुरको मुख्य काम नै जोखिम बहन गर्ने भएकाले कम्पनीले जोखिम नियन्त्रणमा ध्यान दिनु पर्ने निर्देशिकामा उल्लेख छ । बीमा कम्पनीहरुले धारण गर्ने जोखिम क्षमताको प्रभाव सम्पूर्ण आर्थिक क्षेत्रमा पर्छ ।

जोखिम बहन गर्ने सकारात्मक संस्कारबाट नै जोखिम व्यवस्थापनमा मद्धत पुग्ने निर्देशिकामा उल्लेख छ । जोखिमको पर्याप्त नियन्त्रण गर्नु पर्ने, बीमा व्यवसायको विवेकपूर्ण आचरण हुनुपर्ने, वित्तीय जानकारीहरुको सन्दर्भमा रिर्पोट विश्वसनीयता खुलाउनु पर्ने लगायत विषय निर्देशिकामा समेटिएका छन्

समितिले रिक्स म्यानेजमेन्ट फ्रेमवर्क समेत तयार गरेको छ । सो फ्रेम वर्कमा आइडेन्टीफाइ रिक्स, एनालाइसीस रिक्स, इभ्यालुयट रिक्स तथा ट्रिट रिक्स शिर्षक रहेका छन् । सो फ्रेम वर्क अनुसार बीमा कम्पनीहरुले आफ्नो जोखिम पहिचान गर्ने, त्यसकोलागि आवश्यक अनुमान गर्ने तथा जोखिमको समाधान तर्फ काम गर्छन् ।

जोखिम मापनलाई शुन्यदेखि ४ भागमा विभाजन गरिएको छ । अति न्यून जोखिम, न्यून जोखिम, मध्यम जोखिम, उच्च जोखिम तथा अत्याधिक जोखिम शिर्षकमा मापन गर्न मिल्ने जनाइएको छ ।

यस्तै, निर्देशिकामा डाटा इन्टीग्रीटी एवम् साइबर रिक्स, स्टार्टटेजिक रिक्स, लिगल रिक्सहरु समेटीएका छन् । बीमा समितिले आगामीमा दिनमा बीमाको पहुँच वृद्धिमा मात्रै नभई आफूहरु बीमाको गुणस्तरमा समेत केन्द्रित रहने बताएको छ ।

यस्तो छ पूर्णपाठ:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.