महासंघकाे वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिँदै ढकालले भने- उद्योग क्षेत्रको कर माथिको कर घटाउँछु

  २०७६ फागुन १४ गते १४:३९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् । ढकालले वरिष्ठ उपाध्यक्षको घोषण गर्दै उद्योग क्षेत्रको कर घाटाउन भूमिका खेल्ने बताएका छन् ।

समृद्धिको आधार राज्य–निजी क्षेत्र साझेदार भन्ने नारासहित उम्मेदवारी घोषणा गरेका ढकालले आगामी अध्यक्ष शेखर गोल्छालाई पनि सम्झिए ।

ढकालकाे उम्मेदवारी घाेषणाासभामा पूर्वअध्यक्षहरू सुरज बैद्य र चण्डिराज ढकाल तथा महासंघका सातमध्ये पाँचवटा प्रदेशका अध्यक्षहरुको उपस्थिति रहेकाे बताइएकाे छ ।

शेखर गोल्छालाई सझिदै ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन । महासंघको भावी अध्यक्षका रुपमा महासंघले आगामी तीन वर्षका लागि एउटा डायनामिक नेतृत्वका रुपमा सफल उद्यमी शेखर गोल्छालाई पाएको बताए ।

‘शेखर गोल्छाको नेतृत्वमा हाम्रो एउटा व्यवसायिक र गतिशील टीम बन्ने छ, उद्योग वाणिज्य क्षेत्र, सरकासँग पोलिसी डाइलगको क्षेत्रमा सरोकारवाला र साझेदारहरुसँग साझेदारी गर्न एक र एक जोडेर दुई होइन, हामी एक र एक जोडेर ११ बनाउनेछौं,’ ढकालले भने ।

सबैकाे आग्रह बमाेजिमन आफू महासंघकाे नेतृत्व तहमा आफू आउँन चाहेकाे उनले खुलाए ।

‘म महासंघमा सक्रिय भएपछि महासंघकै काम र विभिन्न कार्यक्रमकमा पूरै देशभर पुग्ने अवसर पाएँ, उद्योगी व्यवसायीहरु, नागरिक समाजका प्रतिनिधिहरुसँग थुप्रै बसाइँ भयो, ती बसाइँ भेला र बैठकमा तपाइँहरु सबै जनाले मलाई यो गरिमामय संस्थाको नेतृत्वमा आउन आग्रह गर्नुभयो । एक किसिमले भन्दा तपाइँहरुले मलाई यस संस्थालाई नेतृत्व दिन दबाब पनि दिइरहनु भयो,’ ढकालले भने ।

‘गत पुसमा बागलुङ महोत्सवमा पुग्दा त्यहाँ साथीहरुले मलाई वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रुपमा प्रस्ताव गर्नुभयो । ती तपाईंहरुका शुभेच्छा, आग्रह र प्रस्तावलाई विनम्रता पूर्वक स्वीकार गर्दै आज म नेपाल उद्योग वाणिज्य महासंघको आउँदै गरेको चुनावमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रूपमा आफ्नो औपचारिक घोषणाको क्षणमा आइपुगेको छु,’  उनले भने ।

ढकाल आईएमई समूह, ग्लोबल आईएमई बैंक र चन्द्रागिरि हिल्सका अध्यक्ष पनि हुन ।

उनले आगामी निर्वाचनमा गोल्छा लगायतको साथ खोजेको भाषणबाट देखिन्छ । घोषणासभामा गोल्छा भने उपस्थित थिएनन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । उनको घोषणासभामा गोल्छा, पूर्वअध्यक्ष पशुपति मुरारका लगायतकाे उपस्थिति थियाे ।

महासंघमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने ब्यवस्था छ । त्यसैले वरिष्ठ उपाध्यक्षका लागि प्रतिस्पर्धा हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.