बाल अस्पताल बनाउन राष्ट्रिय वाणिज्य बैंकले दियाे ५० लाख रूपैयाँ

  २०७६ फागुन १४ गते १४:२४     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले मुटु रोग विशेषज्ञ डा. भगवान कोईरालाको अगुवाईमा बन्न लागेको बाल अस्पताललाई ५० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले बाल अस्पताल निर्माणका लागि ५० लाख रुपैयाँको पनि चेक हस्तान्तरण गरेको हाे ।

सो सम्बन्धि राष्ट्रिय वाणिज्य बैंक र काठमाडौं इष्टिच्युट अफ चाइल्ड हेल्थबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुधबार आयोजित एक कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरण कुमार श्रेष्ठ र काठमाडौं इष्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा.भगवान कोइरालाले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

बैंकका सीईओ श्रेष्ठले बैंकले सधैं शिक्षा स्वास्थ्यमा प्राथमिक दिएको बताउँदै उनले यो अभियानका सरिक हुन पाउँदा खुसी भएको बताए । २७ बैंकमध्ये सबैभन्दा बढी नाफा कमाउने राष्ट्रिय वाणिज्य बैंक रहेको उनले बताए । कुल सहलियतपूर्ण कर्जा वितरणमा रा वा बैंकले ५० प्रतिशत हिस्सा ओगटेको उनको भनाई छ।

५० लाखको चेक बुझ्दै डा.भगवान कोइरालाले सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने बताए । किओचले काठमाडौंसहित ७ वटै प्रदेशमा बाल अस्पताल स्थापना गर्ने योजना बनाएको छ । जसकालागि २ अर्बभन्दा बढी लगानी संकलन गर्ने लक्ष्य लिएको किओचले जानकारी गराएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.