हुण्डाईले भित्र्यायो नयाँ ईलेक्ट्रीक कार, विद्युतीय गाडीको जगतमै नयाँ आयाम रच्ने

  २०७६ फागुन १२ गते १९:१५     विकासन्युज

काठमाडौं । हुण्डाईको नेपालका लागि आधिकारिक डिलर लक्ष्मी इन्टरनेशनल प्रा.लि.ले आफ्नो नयाँ ईलेक्ट्रीक कारको ‘आईओएनआईक्यू २०२०’ नेपाली बजारमा लन्च गरेको छ । कम्पनीले हुण्डाई आईओएनआईक्यूको यो नवीनतम भर्जनलाई थप उत्कृष्ट पावर र विशेषताका साथ बजारमा ल्याएको हो ।

कम्पनीका अनुसार यो नयाँ ईलेक्ट्रीक प्रिमियम सेडानले ईलेक्ट्रीक गाडीको जगतमै नयाँ आयाम रच्ने छ । यसको अत्याधुनिक प्रविधिले ग्राहकको राइडलाई पावरफूल, आरामदायी, सुरक्षित र झनझट मुक्त बनाउँछ ।

आईओएनआईक्यूमा ३८.३ केडब्लूएच ईलेक्ट्रीक मोटरको साथ १०० केडब्लूको ब्याट्री पावर छ । यसको अधिकतम स्पीड १६५ केपीएच छ, जसले यसलाई बिना झनझट लामो दूरीको यात्राको लागि उत्कृष्ट बनाउने कम्पनीले जनाएको छ । साथै, यसको ड्राइभिङ्ग रेन्ज ३११ कि.मि. छ । यो पूर्ण ईलेक्ट्रीक मोबिलिटीले पार्टहरु हल्लिन कम गर्ने भएकोले गाडी कुनै आवाज बीना आरामले गुड्ने कम्पनीले जानकारी गराएको छ ।

नयाँ आईओएनआईक्यू २०२० मा प्याडल सिफ्ट गर्न मिल्ने सुविधा छ, जसले रिजेनेरेटिभ ब्रेकिङ्गमा चार लेबलको नियन्त्र प्रदान गर्दछ र यसले चालकलाई सिस्टमको डिफल्ट इको ड्राइभिङ्गको र तीव्र प्रदर्शनको लागि फुल पावर प्रदान गर्छ ।

आईओएनआईक्यू २०२०को एलईडी डीआरएल र हेडल्याम्पस, स्मार्ट ईलेक्ट्रीक सनरुफ र नयाँ आइकोनिक ग्रील छ । यसमा विभिन्न आरामदायी र सहुलियतका विशेषताहरु छन्, जस्तै कि ८ इन्चको फ्लोटिङ्ग टच स्क्रीन, हिटेड र भेन्टिलेटेड सिटहरु, ड्राइभ मोड सेलेक्ट, वायरलेस फोन चार्जर रहेको कम्पनीले बताएको छ ।

यसैगरी याे गाडीमा ७–एयर ब्याग सिस्टम, हिल एसिस्ट कन्ट्रोल, एन्टी–लक ब्रेकिङ्ग सिस्टम, ईलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, रियर पार्किङ्ग क्यामरा र सेन्सरहरु जस्ता सुरक्षावद्र्धक विशेषताहरु रहेको छ ।

उच्च प्रभावकारिता र वातावरण मैत्री सवारी–साधन उत्पादन गर्ने आफ्नो प्रतिबद्धतालाई ह्यूण्डाईले आईओएनआईक्यू २०२० को साथ पूरा गर्दै उल्लेखनीय फड्को मारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.