अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला फागुन १६ गतेदेखि शुरू, ११ वटा देश सहभागी हुने

  २०७६ फागुन ८ गते १९:२४     विकासन्युज

काठमाडौं । अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला फागुन १६ देखि २५ गतेसम्म नेपालका विभिन्न शहरमा आयोजना हुने भएको छ । एभरेष्ट नेपाल कल्चरल ग्रुपले काठमाडौंको कान्तिपथस्थित एक होटलमा बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त मेलाकाे सम्पूृर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।

ग्रुपले ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने नारासहित दशौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला आयोजना गर्न लागेकाे हाे ।

कल्चरल ग्रुपमा अध्यक्ष तथा दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाका संयोजक रामचन्द्र कोइरालाले निजी क्षेत्रले यति ठूलो कार्यक्रम गर्दैगर्दा पनि सरोकारवाला निकायले भने खासै सहयोगात्मक हात अगाडि नबढाए पनि सांस्कृतिक मेलालाई भव्य रूपमा सम्पन्न गरेर देखाउने अठोट व्यक्त गरे ।

‘नवौं अन्तर्राष्ट्रिय मेला भव्य रूपमा सम्पन्न गरेको अनुभवले पनि दशौं मेला अझ भव्य रूपमा सम्पन्न गर्नेछौं’ संयोजक कोइरालाले भने । उनले उद्घाटन कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीको हलमा हुने पनि जानकारी दिए ।

मेलामा इन्डोनेसिया, मेक्सिको, बङ्गलादेश, भारत, मलेसिया, डेनमार्क, इजरायल, बुल्गेरिया, श्रीलङ्का, इजिप्ट र नेपाल गरी ११ देशले सहभागिता जनाउने ग्रुपले जानकारी गराएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.