नयाँ हवाई नीतिः कम उमेरको जहाज ल्याउने कम्पनीलाई आयकरमा छुट

  २०७६ फागुन ७ गते १८:०९     विकासन्युज

काठमाडौं । सरकारले कम उमेरको जहाज ल्याउने कम्पनीलाई आयकरमा छुट दिने भएको छ । सरकारले पूर्वाधारलाई केन्द्रित गरेर तयार पारको नयाँ हवाई नीति अनुसार कम उमेरका जहाज ल्याउने कम्पनीलाई अयकरमा छुट दिने भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेका विज्ञहरू सम्मिलित अध्ययन समितिले नीतिको प्रारम्भिक मस्यौदा तयार पारेर बुधबार मन्त्रालयसमक्ष बुझाएको छ । जहाज खरिद गरी, लिज वा लिज पर्चेज गरी ल्याइएका वायुयानहरू पैठारी गर्दाको अवस्थामा ५ वर्षसम्मको भए आयात गर्न छुट दिइने भएको छ ।

१५ वर्षसम्मको पुरानो जहाज ल्याउन नयाँ हवाई नीतिमा समेत छुट दिइन लागिएको छ । खासगरी पुराना १५ वर्ष पुग्न लागेका जहाज कम्पनीहरूले बढी ल्याउन लागेकाले नयाँ व्यवस्था गरिएको मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए ।

संस्थालाई प्रत्येक वायुयान आयात गर्दाको भन्सार महसुलमा सहुलियत प्रदान गर्ने र त्यस्ता वायुयानको निरन्तर सञ्चालनका क्रममा पहिलो २ वर्षसम्म आयकरमा सहुलियत दिने व्यवस्था नीतिमा उल्लेख छ ।

यस्तै, नयाँ हवाई नीतिमा निजी जहाज खरिद गर्न चाहने नेपालीलाई अनुमति दिइने भएको छ । विगतमा यस्तो अनुमति दिइएको थिएन । अब धनीले निजी जहाज राख्न पाउने भएका छन्  ।

यस्तै,  सरकारले तयार गरिरहेको नयाँ हवाई नीति २०७६ को प्रारम्भिक मस्यौदामा अन्तर्राष्ट्रिय एयरलाइन्समा ८० प्रतिशतसम्म वैदेशिक लगानी पाइने भएकाे छ । यसअघि अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स कम्पनीहरूमा ४९ प्रतितसम्म मात्रै विदेशी लगानी गर्न पाइन्थ्यो ।

मस्यौदामा अन्तर्राष्ट्रिय ट्रान्जिटदेखि कार्गो हब बनाउनेसम्मका योजना समेटिएका छन् । सरकारले राष्ट्रिय हवाई नीति २०५० लाई विस्थापित गरी २०६३ सालमा नयाँ नीति जारी गरेको थियो । जसमा अन्तर्राष्ट्रिय वायुसेवा ८० प्रतिशतसम्म, आन्तरिक वायुसेवा ४९ प्रतिशतसम्म, प्रशिक्षण संस्था ७५ प्रतिशतसम्म, मर्मत–सम्भार संस्था ७५ प्रतिशतसम्म विदेशी लगानी खुला गरिने उल्लेख गरेकाे छ ।

हवाइ नीतिले अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई सम्वोधन गरेको उल्लेख गर्दै मन्त्री भट्टराईले हवाई नीतिलाई छिट्टै मन्त्रिपरिषद लैजाने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.