हवाई सेवालाई यात्रुमैत्री बनाउन मन्त्री भट्टराईको आग्रह

  २०७६ फागुन ७ गते १७:३९     विकासन्युज

काठमाडौं ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सेवालाई यात्रुमैत्री बनाउन आग्रह गरेका छन् । बुधबार हवाइ नीति २०७६ को मस्यौदा बुझ्दै मन्त्री भट्टराईले निजी हवाइ सेवा कम्पनीलाई यात्रुमैत्री हुन आग्रह गरेका हुन् ।

सरकारले हवाइ नीतिमा उपभोक्ताको अधिकारलाई पहिलो प्राथमिकता दिइएको बताउँदै हवाइ सेवा कम्पनीले पनि यात्रुमैत्री हुनु पर्ने उनकाे धारणा छ ।

निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकता दिइएको भन्दै उनले हवाइ सुरक्षामा कुनै सम्झौता नगर्ने उनकाे भनाइ छ । हवाई क्षेत्रलाई शान्ति क्षेत्रका रुपमा स्थापित गरिने उनले बताए ।

हवाइ नीतिले अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई सम्वोधन गरेको उल्लेख गर्दै मन्त्री भट्टराईले नीतिलाई छिट्टै मन्त्रिपरिषद लैजाने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.