निर्यात २६.१ प्रतिशतले बढ्यो, व्यापार घाटा ७ खर्ब

  २०७६ फागुन ४ गते १८:३१     विकासन्युज

काठमाडौं । चालू आर्थिक वर्षको ६ महीनामा कूल वस्तु निर्यात २६.१ प्रतिशतले वृद्धि भई ५७ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११.५ प्रतिशतले वृद्धि भएको थियो ।

यस अवधिमा भारततर्फ ४५.८ प्रतिशतले निर्यात वृद्धि भएको छ । चीनतर्फ ८.५ प्रतिशत र अन्य मुलुकतर्फ ३.८ प्रतिशतले घटेको छ । पाम तेल, अलैंची, जुटका सामान, आयुर्वे्दिक औषधि, दाललगायतका वस्तुको निर्यात बढेको छ ।

जस्तापाता, तार, तयारी पोषाक, जुस, तामाको तारलगायतका वस्तुहरूको निर्यात घटेको छ । पुस मसान्तसम्ममा कूल वस्तु आयात ४ प्रतिशतले घटेर ६ खर्ब ९४ अर्ब ६९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३०.५ प्रतिशतले बढेको थियो ।

भारतबाट भएको आयात ९.१ प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात १२.१ र ०.४ प्रतिशतले बढेको छ । यस अवधिमा कच्चा पाम तेल, हटरोल सिट, रासायनिक मल, मेसिनरी तथा पार्टपुर्जा, विद्युतीय उपकरणलगायतका वस्तुको आयात बढेको छ ।

बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.