सिन्धुपाल्चोकका वडाध्यक्षसहित पाँचविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर

  २०७६ फागुन २ गते १७:३९     विकासन्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका ६ का वडाध्यक्ष कैलाश थापासहित पाँच जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ।

उपभोक्ता समिति मार्फत निर्माण गरेको आयोजनामा अनियमितता गरेको आरोपमा अख्तियारले भ्रष्ट्राचार मुद्दा दायर गरेको हो। उक्त कार्यमा गाउँपालिका कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निरन्जन पाख्रिन ,तत्कालीन लेखापाल सरेन्द्र बहादुर तितजुविरुद्ध पनि भ्रष्ट्राचार मुद्दा दायर गरेको थियो।

यस्तै, उपभोक्ता समितिमा रहेका स्थानीयहरु लिसंखुपाखर ५ का बाबुलाल जोशी र दल बहादुर श्रेष्ठलाई पनि अख्तियारले भ्रष्ट्राचार मुद्दा दायर गरेको छ।

लिसंखुपाखर ६ का वडाध्यक्ष कैलाश थापाले वडाबासीहरुको समस्यालाई समाधान गर्ने भनी पेट्कु खानेपानी आयोजना र मायाखोला मुहान फरक-फरक आयोजनालाई एउटै आयोजनासँग समावेश भएको हो भनी स्वीकृत नभएको आयोजनालाई वडाबासीहरुको भेला गराई आफ्नै अध्यक्षतामा समिति गठन गरेर ६ लाख रुपैयाँ भ्रष्ट्राचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

उनीहरुविरुद्ध पनि अख्तियारले ६ लाख नै बिगो दाबी गरेको छ। उनीहरुले पेट्कु खानेपानी वडा नं १ देखि ६ सम्म भुक्तानी माग गर्दा प्राविधिक कार्यसम्पन्न प्रतिवेदन, उपभोक्ता समितिकै अनुगमन समितिको कार्यसम्पन्न निर्णयको माइन्यूटको प्रतिलिपि र वडा समिति, वडाध्यक्षको कार्यसम्पन्न सिफारिस एवं डोर हाजिरी, बिल, भरपाइको आधारमा भुक्तानी दिएका थिए।

यस्ता फर्जी बिललाई सदर गर्ने कार्य उनीहरुले गरेको जिकीर अख्तियारको आरोपपत्रमा उल्लेख गरिएको छ। लिसंखुपाखर गाउँ कार्यपालिकाको कार्यालयका तत्कालीन असिस्टेन्ट सव(इन्जिनियर लिलबहादुर पाण्डेसँग पनि ६ लाख रुपैयाँ असुल हुनुपर्ने माग अख्तियारले गरेको छ।

अख्तियारले उनीहरुलाई ३ लाख १० हजार बिगो असुल हुनुपर्ने माग गरेको छ। उनीहरुले वडाध्यक्ष कैलाश थापासँग ४ लाख १० हजार लिई उक्त रकम दुवै जनाको सहमतिमा दलबहादुर श्रेष्ठको व्यक्तिगत खातामा राखेको, खानेपानीमा एक लाख खर्च गरी खानेपानी पाइप किनेको बाँकी रकम ३ लाख १० हजार दलबहादुर श्रेष्ठको व्यक्तिगत खातामा राखेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.