सुनको मूल्यमा वृद्धि, प्रतितोला ७६ हजारमा कारोबार

  २०७६ फागुन १ गते ११:५२     विकासन्युज

काठमाडौं । फागुन लागेसँगै सुनको मूल्यमा वृद्धि भएको छ । बुधबार प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार ३ सय रुपैयाँमा वृद्धि भएको छ ।

त्यस्तै तेजावी सुन फागुनको पहिलो दिन ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ भने बुधबार अर्थात माघ महिनाको अन्तिम दिन तेजावी सुन प्रतितोला ७५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबारको ८ सय ७५ रूपैयाँ प्रतितोला काराेबार भएकाे चाँदी ५ रुपैयाँ बढेर ८ सय ८० रुपैयाँमा बिक्री भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.