सिजीले रिलन्च गर्याे जमलको शोरुम, सामान खरिदमा विशेष छुट पाइने

  २०७६ माघ २७ गते १७:१३     विकासन्युज

काठमाडौं । सोमबार सिजीले राजधानीको जमलस्थित कान्तीपथ मार्गमा रहेको आफ्नो शाेरुमको ‘रि-लन्च’ गरेको छ । कम्पनीले सोही लन्चको अवसर पारेर आफूले बेच्ने सामाग्रीहरुमा माघ २६ गते देखी फागुन २ गतेसम्मका डिस्काउन्टका अफरहरु समेत ल्याएको छ ।

सोही अवसरमा सिजीको जमलस्थित कान्तीपथ स्वरुमको म्यानेजिङ्ग डिरेक्टर रिना झासँग विकासन्यूजले गरेको कुराकानीमा आधारितः

यस शाेरुममा के-के सामानहरु उपलब्ध छन् ?

हाम्रो शाेेरुममा नयाँमा वासिङ्गमेसिन, इन्टाव्यु, वालेट सि-नाईन, रेफ्रिजरेटर, तथा अन्य नेपाली बजारमा चल्तीमा रहेका नयाँ उत्पादनहरु यहाँ उपलब्ध छन् ।

सामानहरु सस्तो कतिदेखी तथा महङ्गोमा कति रुपैयाँ सम्ममा उपलब्ध रहेका छन् ?

हाम्रोमा सबैभन्दा सस्तो समानको रुपमा एलजीको भ्याकुम क्लिनर पाइन्ट । उक्त भ्याकुम क्लिनरको मूल्य १९ सय रुपैयाँ पर्छ भने महङ्गोमा १८ लाख रुपैयाँसम्म पर्ने सामानहरु हामी कहाँ उपलब्ध छन् ।

सोरुम लन्च गरेको उपलक्ष्यमा ग्राहकले कस्तो किसिमका छुट पाउँछन्?

हामीले स्वरुम लन्च गरेको अवसरमा ग्राकलाई विभिन्न गिफ्टहरु दिएका छाैं । वासिङ्ग मेसीन किन्ने ग्राहकले कित्ली सित्तैमा पाउँन सक्नुहुनेछ । यसरी नै सामान अनुसार हामीले ग्राहकलाई अन्य किसिमका उपहारको व्यवस्था गरेका छाैं ।

छुटको अफर कहिलेसम्म लागु हुनेछ ?

माघ २६ गते देखी आगामी फागुन २ गतेसम्म ग्राहकहरुले छुट पाउँन सक्ने छन् । नयाँ वर्षकोलागि कम्पनीले नै स्किमहरु ल्याउँदै आएको छ । साथै, आगामी नयाँ बर्षमापनि कम्पनीले ग्राहक वर्गलाई लक्षित गरेर विभिन्न छुटका प्याकेज ल्याउँने छ ।

अन्य शाेरुम भन्दा यस स्वरुममा फरकपन के-के छन् ?

हाम्रो शाेरुम जमल स्थित कान्तीपथमा रहेको छ । एलजी ब्राण्डको समान किन्दा डिस्प्ले पिसहरुमा ग्राहकको लागि फ्रि स्पेशहरु प्रदान गर्दै आएका छौं । हामीले ग्राहकलाई दिने सेवालाई प्राथमिकतामा राख्दै आएका छाैं । सोही कारण ग्राकहरुको सन्तुष्टि नै हाम्रो चाहना बन्दैै आएको छ ।

कतिपय अवस्थामा विश्व बजारमा आएका नयाँ सामानका बारेमा ग्राहकहरुले जानकारी नपाएको पनि हुन्छ । त्यस्तो अवस्थामा हामीले ग्राहकहरुलाई सामानको विषेशताको बारेमा जानकारी दिन्छौं । ग्राहकहरुलाई जानकारी दिने तथा उहाँहरुको आवाज सुन्नु नै सफलताको आधार हो भन्ने हाम्रो बुझाई हो ।

नयाँ मोडलका टि.भी. किन्दा हुने फाइदाहरु, फोर के भनेको के हो भन्ने लगायतका जानकारीहरु तथा वासिङ्ग मेशिनमा पाइने १० वर्षसम्मको वारेन्टी लगायतका कुरामा हामीले फोकस गर्दै आएका छौं।

शाेरुममा कस्तो वर्ग लक्षित हुने यहाँहरुको अनुमान छ ?

काठमाडौंको हरेक स्थानबाट पायक पर्ने स्थानमा हाम्रो शाेरूम छ । त्यस्तै, विभिन्न वर्गका ग्राहकहरुले हाम्रो शाेरुमबाट समान खरिद गरेर लाभ उठाउन सक्नु हुन्छ भन्ने हाम्रो अनुमान छ । कान्तिपथ आफैमा प्रिमियम ठाउँ मानिन्छ । सोही कारण यहाँ हाम्रो स्वरुम हुनुले ग्राहकहरुलाई निकै सहज हुन्छ भन्ने हाम्रो बुझाई हो ।

आनन्दसँग ग्राहकहरुले आफ्नो समान खरिद गर्न सकुन् भनेर हामीले स्वरुमलाई थ्री पोइन्ट जेरोमा अपग्रेड गरेका छाैं । थ्री पोइन्ट जेरो भनेको ग्रेभर्सनमा हुने गर्छ । सोही कारण ग्राहकले आफ्ना सामान राम्रोसँग छनोट गर्न सक्नु हुनेछ ।

अन्तिममा आफ्ना ग्राहकहरुलाई के भन्न चाहानुहुन्छ ?

आफ्ना ग्राहकहरुको सन्तुष्टीकालेलागि मैले स्टाफबाट मात्रै नभएर आफै गएर समेत सेवा दिँदै आएको छु । हामीले व्यापारमा ढाँटने-छल्ने काम कहिल्यै गर्दैनौं । एक पटक हाम्रोबाट समान किनेका ग्राहकहरु अर्को पटक हाम्रोमै सामान किन्न आउँन भन्ने हामीलाई लागि रहन्छ । ग्राहकहरु भनेको हाम्रोलागि भगवान समान हुनुहुन्छ । मैले कम्पनीमा काम गर्न थालेको करिब ७ वर्ष भयो । शाेरूमको रि-लन्च गर्दा हामीले ग्राहक मार्फत नै रिवन काट्ने काम गरेका छौँ । आगामी दिनमा हामीले ग्राहकलाई दिँदै आएको सेवालाई बढ्वा गर्ने हाम्रो लक्ष्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.