२०७६ माघ २५ गते १६:५२ विकासन्युज
सोमबार नेप्से परिसूचक वृद्धि भयो । त्यसदिन नेप्से २.४९ अङ्कले बढेर एक हजार ३४९.१३ मा पुग्यो । परिसूचकमा सामान्य वृद्धि हुँदा कारोवार रकम भने डेढ अर्ब नाघेको थियो । कूल १७७ कम्पनीका ४७ लाख ४८ हजार ८२९ कित्ता शेयर १ अर्ब ६१ करोड १७ लाख १९ हजार २०३ रूपैयाँमा खरिद–बिक्री भए ।
मङ्गलबार नेप्से परिसूचक १२.०९ विन्दुले घटेर एक हजार ३३७.०४ मा झर्यो । नेप्से ओरालो लागे पनि कारोवार रकम भने डेढ अर्बमाथि रहेको छ । कूल १७६ कम्पनीको ४९ लाख ४९ हजार १५ कित्ता शेयर रु एक अर्ब ५७ करोड एक लाख ६६ हजार १६३ मूल्यमा खरिद बिक्री भए ।
बुधबार नेप्सेमा सामान्य वृद्धि भयो । नेप्से ५.३१ अङ्कले बढेर एक हजार ३४२.३६ मा पुगेको छ । परिसूचक वृद्धि भए पनि कारोवार रकम एक अर्बमै सीमित भएको छ । कूल १७७ कम्पनीका ३२ लाख ६० हजार १९८ कित्ता शेयर एक अर्ब आठ करोड २४ लाख ८३ हजार ९०९ रूपैयाँमा खरिद बिक्री भयो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.