महालक्ष्मी लाईफको बीमा शुल्क १७४ प्रतिशतले वृद्धि, नाफा ५ करोड बढी

  २०७६ माघ २४ गते १३:५२     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष(आव)को प्रथम ६ महिनामा खुद बीमा शुल्क आर्जनमा १७३.५ प्रतिशतले वृद्धि गरेको छ । कम्पनीेले गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १० करोड ३६ लाख रुपैयाँ आर्जन गरेको कम्पनीले चालु आवको सोही अवधिमा २८ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो नाफाको रकम बीमाङ्कीय मुल्याङ्कन पश्चात परिवर्तन हुन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा कुल बीमा शुल्कमा १७१ प्रतिशतले वृद्धि भइ २८ करोड ७२ लाख रुपैयाँ आर्जन गरेको छ । चालु आर्थिक वर्षमा आर्थिक गतिविधि सुस्ताएको र बीमा कम्पनीहरुलाई व्यवसाय विस्तार गर्न निकै कठिन भएको बेलामा यस कम्पनीको बीमा शुल्क वृद्धिदर उच्च देखिएको छ ।

समीक्षा अवधिमा कम्पनीको नाफा १४१ प्रतिशतले वृद्धि भएको छ । यस अवधिसम्ममा कम्पनीले ५ करोड १८ लाख ७ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । जुन गत आवको सोही अवधिमा २ करोड १४ लाख ६० हजार रुपैयाँ रहेको थियो । हाल कम्पनीको प्रतिसेयर आम्दानी ७.४० रुपैयाँ रहेको कम्पनीद्धारा प्रकाशित दोश्रो त्रैमासिक वित्तीय विवरणमा उल्लेख छ ।

कम्पनीले दोश्रो त्रैमासमा जगेडा कोषमा समेत ७७ प्रतिशतले वृद्धि गरी ५ करोड ७३ लाख रुपैयाँ कायम गरेको छ । त्यस्तै, जीवन बीमा कोषमा ३६ प्रतिशतले वृद्धि भई ४२ करोड ३४ लाख रुपैयाँ भएको छ ।

गत आवकोे पुस मसान्तमा एक लाख ५५ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको कम्पनीले चालु आवको सोही अवधिसम्ममा ५ लाख ६६ हजार रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, कूल दाबी भुक्तानी भने शुन्य छ । त्यस्तै, समिक्षा अवधिमा कम्पनीको कूल कायम रहेको जारी बीमालेख संख्या ६ हजार ७६९ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.